२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नेपाल प्रहरीको सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशित सूचना

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ४४३ जना छन् । वैकल्पिक सूचीमा रहेको उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ ।

“नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट मिति २०७८-०६-२२ गते प्रकाशित विज्ञापन अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षण तथा अन्तर्वार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरूमध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका निम्न उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको छ,” सूचनामा उल्लेख छ ।

सूचनामा थप भनिएको छ, साथै, अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराइएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू र प्रतिलिपिहरू दुई-दुई प्रति, पासपोर्ट साइजको फोटो चार प्रति साथमा लिई मिति २०७९–०५-०६ गते सोमबार ११ः०० बजे नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंमा उपस्थित हुनुहुन सम्बन्धित उम्मेदवारहरूको जानकारीको लागि सूचित गरिन्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!