२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङ प्रहरीले पुरुषहरूलाई माया जालमा पारेर पैसा असुल्ने महिलाहरुको गिरोह पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका १० का दिलिपकुमार वली, शर्मिला नेपाली, शान्ता नेपाली, पार्वता डाँगी र देवा डाँगी रहेका छन् । पक्राउ परेको गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो ।

उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँग शारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । यस अघि पनि हनि ट्रयापमा पारेर पैसा असुल्न खोज्ने महिलाको एक समूहलाई दाङ प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!