२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

दाङ प्रहरीले पुरुषहरूलाई माया जालमा पारेर पैसा असुल्ने महिलाहरुको गिरोह पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका १० का दिलिपकुमार वली, शर्मिला नेपाली, शान्ता नेपाली, पार्वता डाँगी र देवा डाँगी रहेका छन् । पक्राउ परेको गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो ।

उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँग शारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । यस अघि पनि हनि ट्रयापमा पारेर पैसा असुल्न खोज्ने महिलाको एक समूहलाई दाङ प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]