२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

देशको शान्ति सुरक्षा मजबुद बनाउने विषयमा २ आईजीपीले समन्वय अगाडि बढ्ने:आईजीपी सिंह

Logo
प्रकाशित शुक्रबार, भाद्र ०३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । मुलुकको शान्ति सुरक्षा मिलेर मजबुद बनाउने विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालबीच परामर्श भएको छ ।

१ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आईजीपी सिंह र अर्यालबीच भएको भेटवार्तामा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफलताका साथ सम्पन्न गर्नेबारेमा परामर्श भएको हो । देशको शान्ति सुरक्षा मजबुद बनाउने विषयमा दुई आईजीपी बीच भएको बैठकमा एकअर्काबीच समन्वय गरेर अगाडि बढ्ने सहमति पनि भएको छ ।

साथै महानिरीक्षक सिंहले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरब्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने र आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!