२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

दाङ प्रहरीको ठुलो सफलता भेट्न बोलाएर अपहरण गरी बार्गेनिङ गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र ०३, २०७९

ABC (क्राईमबिट)
दाङ । आफन्त चिनजानबाट तथा अपरिचित व्यक्तिबाट दिनानुदिन विभिन्न शैलीका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । दाङमा पनि पछिल्लो केही वर्षयता विभिन्न खालका अपराधका घटना भएका छन् । शरीर बन्धकदेखि ज्यान मार्नेसम्मका अनेक शैलीमा अपराध गर्नेहरु प्रहरीको फन्दामा परेका छन् ।
जसरी पनि पैसा कमाउने गलत मानसिकता बढ्दै गएकाले पनि समाजमा अपराधको बाटो रोज्नेहरु बढ्दै गएको सामाजिकविदहरुको भनाई छ । आपराधिक घटनामा संलग्न हुनेहरु प्राय युवा उमेर समुहका रहने गरेका प्रहरीको तथ्यांकले देखाउँछ । गत साउनको दोश्रो हप्ता एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर फिरौती माग गरेको घटना सार्वजनिक भएको छ ।
गत साउनमा सामाजिक सन्जाल फेसबुकको प्रयोग गर्दै एक समुहले काठमाडौँबाट दैलेख जाँदै गरेको एक व्यक्तिलाई फिल्मी शैलीमा आफ्नो नियन्त्रणमा लिँदै एक समुहले बन्धक बनाई फिरौती मागेको घटना बाहिरिएको हो ।
घटना अनुसार, दैलेखका केशवकुमार बिक गत साउन ९ गते काठमाण्डौदेखि दैलेख जाने क्रममा निर्मला नाम बताउने महिलाले फेसबुकबाट कुरागरी तँपाईसंग भेट्ने काम छ बुटवलमा झर्नु भन्छिन् ।
फेसबुकमा गरेको कुराकानीको आधारमा केशवकुमार सोहीे मितिको राती साढे १० बजेको समयमा बुटवल बसपार्कमा बसबाट झर्छन् । आफु बुटवल झरेको बारे केशवले निर्मला नाम बताउने महिलालाई फोन गरेर जानकारी गराएपछि अर्को गाडीमा चढ्न भनिन्छ ।
मेरो आफन्तको गाडी छ ड्राईभरलाई तपाईको नम्बर दिएको छु भनी ती महिलाले भनेकोमा केशबलाई बाग्मति प्रदेश ०१–०२५च ८७२९ नम्बरको स्कारपीओ गाडीमा आएका व्यक्तिले चढाएर अपरिचित ठाउँमा लैजान्छन् । फिल्मी शैलीमा आएका उनीहरुले जबरजस्ती अपहरण गरी केशवसँग भएको मोबाईलसमेत खोस्छन् । र, स्कारपियोमा राखेर उनीहरुले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ सल्यान रोड स्थित युवम् होटलमा लैजान्छन् ।
उक्त होटेलको कोठा नम्बर १०६ मा बन्धक बनाई उनीहरुले केशवसँग सात लाख फिरौती माग्छन् । तर, उनीहरुले केशवलाई बन्धक बनाई फिरौती मागेको विषयमा साउन १० गते दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालयमा गोप्य सूचना आउँछ । त्यसपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालको कमाण्डमा खटिएको प्रहरी टोलीले केशब कुमारलाई सकुसल उद्दार गर्न सफल हुन्छ ।
त्यसपछि सो घटनामा संलग्न रहेकाहरुको अवस्था बारे जानकारी लिनुपर्ने भन्दै प्रहरीले घटनाको सबै अवस्था गोप्य राखेर अनुसन्धान अघि बढाउँछ । अनुसन्धानको प्रकृयाले अपराधीहरु पक्राउ पर्छन् । लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय दाङले व्यक्तिलाई बन्धक बनाई फिरौती माग्नेहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । उक्त घटनामा संलग्न भएका भनिएका ६ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार, सो घटनामा संलग्न रहेको भन्दै बबई गाउँपालिका बडा नम्बर ३ बस्ने बर्ष ३५ का लिलाराम बिक, सोही ठाउँमा बर्ष ३५ का मार्सल भन्ने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बस्ने बर्ष २५ का सुकलाल बिक, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ की निर्मला विश्वकर्मा, शिवराज नगरपालिका वडा नम्बर ९ कपिलवस्तु बस्ने वर्ष २० का मनोज थारु, गौमुखी गाउँपालिका वडा नम्बर ७ प्युठान घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हातीखौवा बस्ने बर्ष २४ को गाडी चालक जनक कवँरलाई नियन्त्रणमा लिईएको छ ।
अपहरणमा प्रयोग गरेको सवारी साधनसहित उनीहरुलाई नियन्त्रणमा लिई अहिले अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन गौतमले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, चालु आर्थिक वर्षको बितेको एक महिनामा अपहरणसम्बन्धि कसुरका योसहित दुई वटा तथा हातहतियार खरखजाना अन्तर्गत १ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!