२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नागरिकको सुरक्षा लाग्न एआईजी धानुकको प्रहरी कर्मचारीलाई निर्देशन

Logo
प्रकाशित सोमबार, भाद्र ०६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सोही कार्यालय तथा मातहत कार्यालयका प्रमुखहरूलाई कार्यालयको सभाहलमा सोमबार निर्देशन दिनु हुँदै उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबिम्बको रूपमा रहने हुनाले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयलाई निर्देशन दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि आवश्यक समन्वय र सहकार्यमार्फत् स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी तयारी गर्न समेत निर्देशन दिनुभयो ।

कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिँदै उहाँले आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनशिलतामा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक व्यवस्थापनमा योजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, उपत्यकास्थित प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!