२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बागेश्वरी मन्दिर परिषरमा बाल उद्यानको नाममा सटर या संरचना नबनाउन उच्च अदालतको आदेश

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९


(ABC-Sanchar)
बाँके । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा बाल उद्यानको नाममा सटर तथा पक्की संरचना नबनाउन उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले अल्पकालिन आदेश दिएको छ ।

उच्च अदालतको नेपालगन्ज इजलासले आज अल्पकालिन आदेश जारी गर्दै अन्तिम फैसला नहुँदा सम्म नेपालगन्ज उपमहानगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौतामा उल्लेख भएको काम नगर्न नगराउन भनेको छ । यस अघि पनि अदालतले मन्दिरको सो जग्गामा बालउद्यान बनाउने गरि आदेश जारी गरेको थियो । तर उपमहानगरले बाल उद्यानकै नाममा पक्की संरचना बनाएर गेष्टहाउस, रेष्टुरेन्ट समेत खोल्ने गरि ठेक्का लगाएपछि नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, सत्तारुढ नेपाली कांग्रेस बाँकेका प्रवक्ता ललीत रौनियार समेतले पक्की संरचना बनाउन रोक लगाउन माग गर्दै उच्च अदालतमा रिट निबेदन दर्ता गराएका थिए ।

आज सो मुद्दाको सुनुवाई गर्दै अदालतले दुबै पक्षलाई छलफलका लागि भाद्र १५ गते अदालतमा झिकाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!