२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भिजिट भिसाको सेटिङ खुलेको छ । गृह मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म सेटिङ मिलाएर अध्यागमन प्रमुख पुष्पराज शाहीले सेटिङ खुलाएको स्रोतले बताएको छ ।

सेटिङ खुलेसँगै भिजिट भिसामा रोजगारीका लागि विदेश जाने ह्वात्तै बढेको छ । यसरी विदेश गएका कतिपय अलपत्र परी उद्धारका लागि हारगुहार गर्न थालेका छन् ।

कम्बोडियामा मात्र एक सय भन्दा धेरै नेपाली अलपत्र परिसकेका छन् । अध्यागमनमा सेटिङ मिलाएर विभिन्न समूहले चार सय नेपालीलाई त्यहाँ पु¥याएका थिए । यसरी लगिएका नेपाली युवालाई त्यहाँ चिनियाँलाई बिक्रि हुने गरेको खुलेको छ । जसमा पाँच लाख रुपैयाँसम्मको लेनदेन हुने गरेको छ । अध्यागमनका कर्मचारीले एक लाख रुपैयाँसम्म बुझ्ने गरेको स्रोतको दाबी छ ।

यसरी कम्बोडिया पठाउनेमा कतिपय मेनपावर कम्पनी समेत छन् । स्रोतका अनुसार सिनामंगलस्थित आयुष मेनपावर मुख्य हो । यसका सञ्चालक उदित नारायण साहले अध्यागमनका सेटिङ मिलाएर दर्जनौं युवालाई कम्बोडिया लगेर अलपत्र पारेका छन् ।

उनीविरुद्ध उजुरी परेपनि करबाही हुन सकेको छैन । स्रोतका अनुसार काठमाडौंका अन्य मेनपावर पनि यस्तो धन्दामा छन् । तर प्रहरी र वैदेशिक रोजगार विभागका अधिकारीलाई उनीहरुले प्रभावमा पारेका छन् । अध्यागमनका सरुवामा आर्थिक चलखेल हुने यसअघि पनि प्रष्ट भइसकेको छ । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामै यसको ठूलो लेनदेन हुने गरेको छ । जसकारण गल्ती गर्नेलाई पनि कारबाही हुने गरेको छैन ।
विगतमा अध्यागमनकै सेटिङमा यूएई लगायत देशमा हजारौं युवाहरु पुगेका थिए । त्यस विषयमा गृह मन्त्रालयले दुई पटक छानबिन समेत गरेको थियो । जसमा अध्यागमनको मिलेमतो प्रष्ट देखिएको थियो । तर, कर्मचारीमाथि कारबाही भएन । जसकारण अहिले फेरि सेटिङ खुलेको छ ।

अध्यागमन प्रमुख शाहीले यसपटक अख्तियारलाई पनि आफुले मिलाएको भन्दै भिजिट भिसाका एजेन्टहरुसँग खुलेआम डिल गरिरहेका छन् । यस्ता विषयमा अनुसन्धान गर्ने प्रहरीको सिआईबी, अख्तियारलगायत निकाय पनि रहस्यमय रुपमा मौन छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

error: Content is protected !!