२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

सशस्त्र प्रहरीमा पनि काजमाथि काज सरुवा सेटिङ कायम

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९

 

ABC (क्राईमबिट)

काठमाडौं । काज सरुवाको विकृत्ति अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलमा पनि बढ्न थालेको छ । सशस्त्रमा काज सरुवा भएको एक सातामै अर्काे ठाउँमा काज हुन थालेको छ ।

गत १७ साउनमा सशस्त्र प्रहरीले एक सय ६३ वटा बोर्ढर आउट पोष्ट(बिओपी)मा इन्सपेक्टरको एकै पटक काज सरुवा ग¥यो । नियमित सरुवमा अत्याधिक चलखेल भएपछि यसरी बिओपीमा मात्र काज निकालिएको थियो । तर, यसरी निकालिएको काज सरुवा पनि कार्यान्वायन हुन सकेको छैन । केही इन्सपेक्टरहरुले आर्थिक चलखेलका आधारमा तोकिएको ठाउँमा नगई अर्काे ठाउँमा काज मिलाएका छन् ।

बिओपी बैलौरी कञ्चनपुर काज खटाइएका इन्सपेक्टर जोगेन्द्र केसी त्यहाँ कमाइ नहुने बुझेपछि गत साउन २५ गते बिओपी कृष्णनगर कपिलबस्तुमा काज गराउन सफल भएका छन् । केही समय अघि भन्सार गुल्म रहदा उनी सोही ठाउंमा कार्यरत थिए । हाल सो गुल्म खारेज भइ बिओपी भएको हो । पहिले बस्दादेखि नै सो ठाउँमा उनको तस्करीको सेटिङ भएकाले शक्तिकेन्द्रमार्फत उनी कृष्णनगर गएका हुन् ।

यसअघि त्यहाँ काज खटाइएका इन्सपेक्टर गोकर्ण भट्टराईलाई बिओपी बेलौरी पठाइएको छ । यता, बिओपी जोलजिबी दार्चुला काज खटाइएका इन्सपेक्टर दिपक नापित पनि एक हप्तामै बिओपी परिबर्तन गरेर कमाउ धन्दा हुने बिओपी सुबर्णपुर पर्सा काज जान सफल भएका छन् ।
यस्तै, मुख्यालय छोड्न नसक्ने इन्सपेक्टर गोबिन्द कार्कीलाई तनहुं सरुवा गरिएकोमा उनी फेरि काज निकालेर हेडक्वाटरनै आएका छन् । यता रुपन्देहीको बिओपी डण्डामा अझै पनि कमाण्डर नखटाइदा यस अघिका कमाण्डर डिएसपि कृष्णप्रसाद अर्यालले गणमा बसेर बिओपी चलाइरहेको श्रोत बताउंछ । अर्याललाइ त्यहिं राख्ने शक्तिकेन्द्रको प्रयास भए पनि बिओपिमा डिएसपी राख्न नमिल्ने भएका कारण डण्डा जस्तो संबेदनसिल नाकाको जिम्मा सइलाइ दिएर २७ नम्बर गण रुपन्देही बसी उनले बिओपी समेत अप्रत्यक्ष रुपमा चलाएको श्रोतको दाबी छ ।

गृहमन्त्रीको सचिवालयलाई खुशी बनाएर गत वर्ष उनी त्यहाँ पुगेका थिए । हालै बढुवा भएपछि पनि उनको त्यहाँबाट हुने तस्करीको सेटिङ रोकिएको छैन । एक वर्षमा उनले त्यहाँबाट करोड भन्दा धेरै कमाएका छन् । हाल दशैंको मुखमा सो बिओपीबाट तस्करीको लाइन खुलाइएको स्रोत बताउँछ ।

उता सिरहा, सप्तरीका बिओपीमा पदि बदमासी बढेको छ । सशस्त्र प्रहरी बलका सिरहा स्थित ७ नम्बर गणका एसपी रमेश कुमार थापाको कमाण्ड कमजोर हुँदा जिल्लाका विभिन्न नाकाबाट तस्करी बढेको सूचना हेर्डक्वाटर पुगेको छ ।

सिरहाको नरगी, कुसण्डि, बरियारपट्टि, औरही, चतरी, पटेर्बा, माडर, कल्याणपुर लगायता नाकाबाट सशस्त्र प्रहरीको सेटिङमा तस्करी हुने गरेको स्थानीय बताउँछन् । भारतीय बजारबाट लत्ताकपडा, खैनी, हार्डवयर, किराना सामान नेपाल तर्फ तस्करी भइरहेको छ भने नेपाल बाट चाइनिज स्याउ, सुपारी तथा मदिरा भारत तस्करी भएको छ ।

सप्तरीका एसपी प्रदीप खड्काको पनि कार्यशैली उस्तै छ । तस्करीको लाइन मिलाउन खड्काले एक दर्जन घुमुवा परिचालन गरेका गरेको स्रोत बताउँछ । त्यस विषयमा उजुरी परेपनि सीमा हेर्ने एआइजी सिपि गौतम छानबिन रोकेर जोगाउनतर्फ लागेका छन् ।दृष्टिन्य

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!