२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

जिप्रका कैलालीबाट नै लाखौको चिनी गायब एसपी राठौरलाई डिआईजीको स्पष्टिकरण

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

  1. ABC (क्राईमबिट)
    कैलाली । प्रहरीमा यतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै हराउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब नौ सय किलो चिनी कार्यालयबाटै हराएको छ ।

एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । जून घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले ५० किलोका १८ बोरा चिनी बरामद गरेको थियो । जून चिनी प्रहरी कार्यालयमा पनि छैन भने भन्सारमा पनि बुझाइएको रेकर्ड छैन । सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ ।

प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदुरपश्च्मि प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले एसपी राठौरसँग स्पष्टिकरण सोधेका छन् । छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ ।

एसपी राठौर राजनीतिक नेतृत्वलाई खुशी बनाई पर्सा, मकवानपुर हुँदै कैलाली जिल्लाो इन्चार्ज पाउन सफल प्रहरी अधिकृत हुन् । आफ्नो ब्याचमा उनले सबैभन्दा धेरै जिल्ला इन्चार्ज पाएका छन् । पछिल्लो समय उनकै नेतृत्वमा कैलालीमा तस्करीको समेत लाइन खुलेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!