२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जिप्रका कैलालीबाट नै लाखौको चिनी गायब एसपी राठौरलाई डिआईजीको स्पष्टिकरण

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९

  1. ABC (क्राईमबिट)
    कैलाली । प्रहरीमा यतीसम्म बेथिती बढेको छ कि बरामद भएका सामान नै हराउन थालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले बरामद गरेको करिब नौ सय किलो चिनी कार्यालयबाटै हराएको छ ।

एसपीकै मिलेमतोमा चिनी हराएको प्रहरी अधिकारीले बताएका छन् । जून घटनामा प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ । गत ८ भदौमा प्रहरीले ५० किलोका १८ बोरा चिनी बरामद गरेको थियो । जून चिनी प्रहरी कार्यालयमा पनि छैन भने भन्सारमा पनि बुझाइएको रेकर्ड छैन । सइ मदन धामी नेतृत्वको प्रहरीले चिनी बरामद गरेको र एसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा गायब बनाएको आरोप लागेको छ ।

प्रारम्भिक छानबिनमा प्रहरी लापरबाही देखिएपछि सुदुरपश्च्मि प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले एसपी राठौरसँग स्पष्टिकरण सोधेका छन् । छानबिन सुरु भएपछि भन्सारमा चिनी बुझाएको विवरण तयार पार्न चलखेल भइरहेको स्रोत बताउँछ ।

एसपी राठौर राजनीतिक नेतृत्वलाई खुशी बनाई पर्सा, मकवानपुर हुँदै कैलाली जिल्लाो इन्चार्ज पाउन सफल प्रहरी अधिकृत हुन् । आफ्नो ब्याचमा उनले सबैभन्दा धेरै जिल्ला इन्चार्ज पाएका छन् । पछिल्लो समय उनकै नेतृत्वमा कैलालीमा तस्करीको समेत लाइन खुलेको स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!