१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

मन्त्रिपरिषदको निर्णयबाट करका दर घटाइयो

Logo
प्रकाशित शुक्रबार, भाद्र २४, २०७९

(ABC Sanchar)                                                  सरकारले करका दरहरु घटाएको छ । चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ । नयाँ दरहरु अहिले कार्यान्वयनमा रहेका दरभन्दा कम छन् । सरकारले एउटा समिति गठन गरी सोही समितिको सिफारिसका आधारमा करका दरहरु परिवर्तन गरेको हो ।सरकारले भन्सार उपशीर्षक ७२१३.९१.१० का वस्तुहरुको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यो उपशीर्षक अन्तरगत बार, रड, हट रोल्ड सर्कुलर क्रस सेक्सन पर्दछन् । यस्तै, अन्तशुल्क दरबन्दीको शिर्षक ७२.०७ को मालवस्तु आयातमा लाग्ने अन्तशुल्क ३५ सय रुपैयाँको सट्टा २५ सय रुपैयाँ राखिएको छ । यो शीर्षकमा फलाम ब्लेडलगायत वस्तुहरु पर्दछन् ।सेनिटरी प्याड उत्पादन उद्योगले उपशिर्षक ३९२०.४९.९० को कच्चा पदार्थ पिई फिल्म स्यानिटरी प्याड र उपशीर्षक ३९२१.१९.९० को कच्चा पदार्थ पर्फाेरेड पीई फिल्म आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ । यस्तै, वनस्पति घ्यू तेल उद्योगहरुले औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११.१०.०० को कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सूर्यमुखीको गेडा आयात गर्दा लाग्ने भन्सार महसुल ५० प्रतिशतबाट बढाएर ९० प्रतिशत छुट हुने व्यवस्था मिलाइएको छ । भटमासको गेडा आयातमा पनि ९० प्रतिशत नै भन्सार महसुल छुट दिइएको छ भने तोरी, रायो, क्यानोला र सस्र्यूको गेडा आयातमा भन्सार महसुल छुट हुने ५० प्रतिशतबाट ९० प्रतिशत बनाइएको छ । उद्योग विभागको सिफारिसमा अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा आयात गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १० प्रतिशत लाग्ने र ट्वीस्टेड स्ट्रण्ड वायरमा भने भन्सार महसुल १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।सहकारी संस्थाहरुको कर छुट हुने बाहेकको कारोबारमा लाग्ने कर पनि छुट दिइएको छ । नयाँ व्यवस्था अनुसार नगरपालिकामा संचालित सहकारीले ५ प्रतिशत, उपमहानगरपालिकाका सहकारीले ७ प्रतिशत र महानगरपालिकाका सहकारीले १० प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि नगरपालिकाका सहकारीले ७.५ प्रतिशत, उपमहानगरका सहकारीले १० प्रतिशत र महानगरका सहकारीले १५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!