२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

दुर्घटनामा महिलाको मृत्यु

Logo
प्रकाशित सोमबार, भाद्र २७, २०७९

(ABC Sanchar)                                              पूर्वपश्चिम राजमार्गमा पर्ने  सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा मोटरसाइकल दुर्घटनामा परेर  एक महिलाको मृत्यु भएको छ । सोमबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको बोदेबसाइन नगरपालिका–२ बस्ने ४५ वर्षीया अञ्जनादेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि रुपनी गाउँपालिका–५ रायपुरस्थित युनिक अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । यसैबीच मृत्यु भएकाको पति मोटरसाइकल चालक मोहन यादव समान्य घाइते भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकलले कुकुरलाई बचाउने क्रममा दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]