२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जय नेपाल हलको कम्पाउण्ड भित्र खन्ने क्रममा पुरानो टुकुचा खोला भेटियो

Logo
प्रकाशित बिहिबार, भाद्र ३०, २०७९


(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो। महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब रहेको थियो। विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए। टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो। गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

महानगरले उक्त सूचना जारी गरेको लामो समय सम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजिमा जुटेको थियो। महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ शुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीवार डोजेर लिएर पुगेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]