२२ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

आफुले काम गरेको पारिश्रमिक तलब माग्दा नेपाल लाइभका संचालकद्वारा गाली गलौच

Logo
प्रकाशित बिहिबार, आश्विन १३, २०७९

 

(ABC-Sanchar)

दाङ । नेपाल लाइभ डट कममा कार्यरत दाङ प्रतिनिधि प्रियास्मृती गजमरेलाई उनी कार्यरत रहेको अनलाइन संचालकले दुर्व्यवहार गरेका छन ।

उक्त अनलाइनका दाङ प्रतिनिधि रहेका पत्रकार गजमेरले दशैं आइसक्यो सर, दशैं खर्च पठाइदिनु हुन्छ कि भनेर फोन गर्दा नेपाल लाइभका संचालक अनिल न्यौपानेले अश्लील शब्द प्रयोग गर्दै गाली समेत गरेको उनले गुनासो गरे ।

तीन महिना अघिबाट नेपाल लाइभमा जाेडिएका पत्रकार गजमेरलाई अनलाइनका सञ्चालक न्याैपानेले पारिश्रमिक दिनुकाे साटाे उल्टै हप्काएर फोन नगर्ने धम्की दिएका छन ।`काम गरेपछि पारिश्रमिक चाहियाे, त्यहीँ माग्न सम्पर्क गर्दा उल्टै खप्कि खानु पर्याे´उनले भने-`श्रमशाेषण गर्ने मिडिया हाउस किन चाहियाे ।´ आफु माथि भएको अन्यायकाे बिराेधमा नेपाल पत्रकार महासंघ दाङमा समेत उजुरी दिने तयारी गरेकाे जानकारी दिएका छन । न्याैपानेले अश्लील शब्द प्रयाेग गर्दै गालिगलाैच गरेका थिए ।`ओए मुला तलाई कति लाख चाहियो ? तेरो स्कोर कति हो ? दुई लाख, चार लाख, पाँच लाख ?? कति हो भन म भोलि पठाइ दिन्छु, साहुलाई घरीघरी फोन गर्छस मुला फोन राख ।´ जस्ता शब्द प्रयोग गरेको पीडित पत्रकार गजमेरले गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र पारापिट निर्माणलाई प्रतिष्ठाकै विषय बनाएका थिए भन्ने तथ्य उनको सत्तारोहणपछिको पहिलो क्याबिनेट बैठककै निर्णयबाट स्पष्ट हुन्छ । पोहोर असार अन्तिम साता चौथोपटक प्रधानमन्त्रीको पदभार सम्हालिरहँदा ओलीले ३०० दिनभित्र फ्लडलाइट र पारापिट सहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय गरेका थिए । नेपाली युवाहरूमा रहेको […]

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवि भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई निवासमा बोलाएर छलफल गरेकी छिन्। राजनीतिमा पुनरागमनको घोषणा गरेकी भण्डारीले बालेनसँग राजनीतिक छलफल गरेकी हुन्। भेटमा महानगरपालिकाको बजेट तथा समस्याका विषयमा पनि छलफल भएको  बालेनको सचिवालयले जनाएको छ । ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो, कतिपय महानगरपालिकासँग सम्बन्धित विषय, कतिपय राजनीतिक सवाल र घटनाक्रममा छलफल भयो,’ मेयर शाहका […]

मेष – पारिवारिक आत्मीयता बढ्नेछ। नयाँ कामको योजना बन्न सक्छ। हडबडाहटले नोक्सान पुर्‍याउने सम्भावना छ। वृष – यात्रा वा सवारीसम्बन्धी योजनामा सफलता मिल्नेछ। भाइबहिनीसँग सुमधुर सम्बन्ध कायम हुनेछ। निर्णयमा स्पष्टता राख्नुस्। मिथुन – आर्थिक पक्ष सुधारिनेछ। व्यापारमा विस्तारको सम्भावना छ। बोल्दा विवेक अपनाउनु राम्रो। कर्कट – आत्मविश्वास उच्च रहनेछ। सम्मान र प्रतिष्ठा बढ्नेछ। तर भावुकता […]

error: Content is protected !!