१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

बाँकेमा नयाँ एसपी राठौरको स्वागत तस्करी नियन्त्रणमा पहिलो प्राथमिकता गर्ने प्रतिबद्धता

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९

(महेन्द्र सिंह)

काठमाडौं । तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०७९।०९।०४ गतेको पत्रादेशले जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपीको रुपमा काज सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको एक कार्यक्रमका बिच स्वागत गरीएको छ ।

स्वागत पश्चात जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण चार्ज प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बुझ्नु भएको थियो । त्यस पश्चात यस कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद घर्ती मगरबाट स्वागत मन्तब्य राख्नु भएको थियो र प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले बाँके जिल्लाको बस्तुस्थितिको बारेमा सामान्य प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो ।


अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत प्रहरी युनिटहरुबाट पाल्नु भएका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा जवान, हवल्दारहरुलाई प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले अमुल्य निर्देशन समेत दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!