१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी पुस २२ गते सर्बोच्च अदालतमा हुने

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९

(ABC-Sanchar)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी आगामी पुस २२ गतेलाई तोकिएको छ । उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै युवराज पौडेले दायर गरको रिट निवेदनमाथि सर्वोच्चको संवैधानिक इजलासले सुनुवाई गरिरहेको हो । निवेदकहरुले माग गरेअनुसारको अन्तरिम आदेशका सम्वन्धमा दुवै पक्ष राखि अन्तरिम आदेश जारी हुने वा नहुने सम्बन्धमा पुस २२ गते टुंगो लाग्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!