
ABC (क्राईमबिट)
दाङ । मंगलबार बेलुका ७ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १८ स्वर्गद्धारी गेट नजिक नामथर नखुलेका अन्दाजी ५०/५५ वर्षिय एक जना परुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए ।
घोराही स्वर्गद्धारी आश्रमको गेट नजिक बेहोस भएर लडिरहेको अवस्थामा फेला पारी उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार सवा ७ बजे मृत्यु भएको दाङ प्रहरीले बताएको छ ।
साथै प्रहरीले मृतक व्यक्तिलाई पहिचान गरेको खण्डमा जिल्ला प्रहरी कार्यालय दाङको कार्यालयमा सम्र्पक राख्न समेत अनरोध गरेको छ ।