१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

महोत्तरीमा अपहरण गरी फिरौती मागेको आरोपमा एक जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, पुष १४, २०७९

ABC (क्राईमबिट)
महोत्तरी । पिपरा गाउँपालिका-५ चाँदनी चौकस्थितबाट लहान नगरपालिका-३ मा बस्ने ४० वर्षीय मोहम्मद इसराक सिद्दिकी अपहरणमा परेका थिए। उनको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

उनलाई गत शनिबार दिउँसो साढे १२ बजे अपहरण गरिएको थियो। अपहरण गरेको आरोपमा प्रहरीले भारत विहार मधुवनी पंचायत बेता पर्सा-१ का ४८ वर्षीय महमद मुखतरलाई पक्राउ गरेको हो।

उनी गाडी बनाउने मिस्त्री समेत हुन्।

उनको समूहले सिद्दिकीकी श्रीमती सुबही खातुनसँग १५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए। श्रीमानलाई अपहरण गरी फिरौती मागेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।

बुधबार फिरौती रकम लिएर सुबही खातुन मटिहानी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा नजिक पर्ने एकान्तस्थलमा पुगेकी थिइन्। उनी त्यहाँ पुगेको खबरपछि विभिन्न मातहतको टोली पनि खटिएको थियो। उक्त टोलीले ९ लाख रुपैयाँ सहित महमद मुखतारलाई पक्राउ गरेको थियो।

बाँकी तीन जना अपहरणकारी फिरौतीको साढे २ लाख रुपैयाँ लिएर भारत फरार भए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यसपछि भारतीय प्रहरीसँग समन्वय गरी अपहरणमा परेका सिद्दिकीको उद्धार गरिएको हो।

पक्राउ परेका मुखतरलाई महोत्तरी जिल्ला अदालत जलेश्वरमा उपस्थित गराई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!