
ABC (क्राईमबिट)
काठमाडौं । बुधबारदेखि सहायक रथी कृष्णप्रसाद भण्डारीले प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।
झापा चारआलीस्थित २१ बाहिनीपतिमा रहेका उनलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको प्रमुखको जिम्मेवारी दिएको हो।
यसअघि सहायक रथी नारायण सिलवाल प्रमुख थिए। आज एक कार्यक्रमबीच उनले जिम्मेवारी हस्तान्तर गरेका हुन्।