१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

नेपालगन्ज सिमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकजाँचमा कडाई

Logo
प्रकाशित बिहिबार, पुष १४, २०७९

(सागर थापा/महेन्द्र सिंह)

बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगन्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ ।

देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको हो ।


ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ मधाब रिजालले चेकजाँचमा कडाई र शान्ति सुरक्षा
कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको बताए ।

बेला बेलामा तालिम प्राप्त प्रहरीको कुकुरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुत्त चेकजाँच गर्ने गरेको हातहतियार तथा लागूऔषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको ।

पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको छ ।


नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको र दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागूऔषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण रहेको जमुनाह प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!