१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

बाँकेमा एसपी राठौर तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता तर तस्करी रातभर जिल्ला र वडा प्रहरी बेखबर ?

Logo
प्रकाशित बिहिबार, पुष १४, २०७९

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छ्न ।

पत्रकारहरुसंग परिचयात्मक कार्यक्रममा उनले बाँकेको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका हुन् ।

नेपालगन्ज र कोहलपुर क्षेत्र यौन क्रियाकलाप, गुण्डागर्दी, जुवातास, लुटपाट, चोरी डकैतीको केन्द्र मानिएको छ ।

नेपालगन्ज र कोहलपुरमा हरेक होटलमा जसो खुल्ला यौन धन्दा चल्ने गरेका छन । यस्को रोकथाममा आफुले पहलकदमी लिने बताए । बाँके सिमासँग जोडिएकोले पनि यहाँ अपराधिक घटना धेरै हुने भएकोले नागरिकको सुरक्षा प्रत्याभूत हुने गरि काम गर्ने उनको भनाइ छ।

तस्करी नियन्त्रण, लागुऔषध रोकथाम, फरार अपराधी पक्राउ, क्रसर लगायतका क्षेत्र प्रहरीले निगरानी बढाउने उनले बताए ।
बाँकेमा नयाँ आएका एसपी राठौरले
तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता जनाई रहेको बेला बाँकेमा जिल्ला प्रहरीको घुमुवा र वडा प्रहरीको घुमुवाको सेटिङ्गमा खुलेआम तस्करी रातभर भएको देखन्नपनि सकिन्छ प्रहरीले चाहियो भने तस्करी तत्काल बन्द हुन सक्छ तर प्रहरीले लाईन लिएर समान आफै पास गरेको भिडियो पनि प्रष्ट देख्न सकिन्छ तर जिल्ला र वडा प्रहरी बेखबर छ । किन ???

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!