१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

कुनै प्रहरीले पैसा उठाएमा हाकिममाथि कारबाही हुन्छ गृहमन्त्री : लामिछाने

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गलत आचरणका प्रहरीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । कुनै प्रहरीले पैसा उठाएको पाइएमा सुरुमा उसको हाकिममाथि कारबाही गर्ने उनको चेतावनी छ ।

शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षकपछि निर्देशन दिदै उनले यस्तो बताएका हुन् । सरुवा–बढुवाका लागि आफुले सिष्टम बनाउने आश्वासन दिदै उनले नेताको घरमा गएको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । साथै प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन पनि आफुले अधिकतम प्रयास गर्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!