१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

उषा राई हत्या प्रकरण ३ जनालाई थुनामा पठाउने सुनसरी जिल्ला अदालतको आदेश

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सुनसरी जिल्ला अदालतले धरान–१३ की एकल महिला उषा राईको कुटपिट र हत्या प्रकरणमा संलग्न आरोपितमध्ये तीन महिलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले सो घटनामा संलग्न एक महिलालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आरोपित एक महिला महिला रत्ना सुब्बालाई एकलाख धरौटी लिएर छोड्न आदेश गरेको धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले जानकारी दिएका छन् । अदालतका न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलासले राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो ।

कुटपिटपछि उषाको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । उनलाई आफ्नो पतिसँग नजिकिएको भन्दै ५५ वर्षीया उर्मिला राईले महिला समूह बोलाएर कात्तिक ३ गते कुटपिट गराएकी थिइन् ।

कुटपिटपछि अखाद्य रासायनिक झोल पदार्थ पनि खुवाइएकाले गम्भिर घाइते बनेकी उषाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि ‘उपचार खर्च पाउने गरी’ सामुदायिक प्रहरीमा मिलापत्र गरेका थिए । तर पुनः उनको स्वास्थ्यमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना भएर आईसीयूमा राखेर उपचार गर्दागर्दै ज्यान गएको थियो ।

४५ वर्षीया उषाको पतिको दुई वर्षअघि मृत्यु भएको थियो । उनी २७ वर्षीया र ८ वर्षीया दुई छोरीसँग धरान १३ मा लुगा सिलाउने व्यावसाय गरी जीविका चलाउँदै आएकी थिइन् ।

उषाको मृत्युपछि उनका देवरले किटानी जाहेरी दिएका थिए । पक्राउ परेका महिलाहरूमध्ये तीन जनालाई घटनास्थिति मुचुल्का र प्रत्यक्षदर्शी, दृश्य सामग्रीलगायत आधारमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । तीनै जनालाई झुम्का कारागारमा पुर्पक्षका लागि पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!