१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

लमजुङको मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका एक जवान बेपत्ता

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् ।

उनी लमजुङ बेंसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको छ । भीरबाट उनी मर्स्याङ्दी नदीमा खसेका थिए । नदीमा बेपत्ता उनको खोजी जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जानकी गा.पा.०३ स्थित अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी ४५ किलोग्राम, १५ वटा बोईलर कुखुरा र ७० किलोग्राम बोईलर कुखुराको मासु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।

बाँके । समाचारको प्रभाव बाँके प्रहरी प्रमुखमा एसपी अंगुर जिसीले नेपालगन्जको केही होटलहरुमा बेश्यबृत्ति भइरहेको एबिसी संचारको भन्डाफोर टिमले भिडियो सार्वजनिक गरेपछि बाँके प्रहरीले नेपालगन्जका होटलमा ठूलो अपरेशन चलाएको छ। बाँके प्रहरीले धमाधम आदा दर्जन होटलमा छापा मारेर दर्जनौं पक्राउ गरेको छ ।

काठमाडौं । बुधबार सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। उनले भरखरै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दिपा दाहालले बताइन्। ‘गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिएर जानु भएको छ,’ दाहालले भनिन्। गुरुङले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफूसँगै राख्ने भएका छन्। ‘तत्काललाई गृह मन्त्रालय प्रधानमन्त्रीज्यू मातहत हुनेछ,’ दाहालले नेपालखबरसँग भनिन्। सम्पत्ति शुद्धीकरण […]

error: Content is protected !!