०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

नेपालगन्जमा यूवाहरुमाथी खुकुरी प्रहार गर्नेहरु ४ जना बाँके प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९


ABC (क्राईमबिट)
बाँके । नेपालगन्जमा तरुण दलका युवाहरुमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

हिजो दिउँसो नेपालगन्ज ४ गणेशपुरमा तरुण दल नेपालगन्जका सदस्य नेपालगन्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगन्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगन्ज १८ का २९ वर्षीय विनय भण्डारी, राप्तीसोनारी २ का ३२ वर्षीय नारायण डाँगी, बैजनाथ ५ बस्ने प्रकाश रसाइली तुल्सीराम सुनार र नेपालगन्ज ६ बस्ने ३१ वर्षीय तासे भन्ने प्रकाश थापा पक्राउ परेका हुन् । बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई हिजै डुडुवाबाट पक्राउ गरिएको बताए । प्रबक्ता घर्ती मगरले दुई समूहबीचको पुरानो रिसइबीका कारण घटना भएको बताए । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताए । घाइतेहरुको लखनउमा उपचार भइरहेको छ । घाइते मध्ये अनुरागको अवस्था गम्भीर छ । तरुण दलले हिजै विज्ञप्ती निकालेर घटनामा संलग्नलाई तत्काल पकाउ गरी कडा कारवाही गर्न माग गरेको थियो । बाँके सचिव विनोद रिजाल, नेपालगन्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराजसिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!