१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

दाङमा स्कुल कलेजका सवारी चालकलाई ट्राफिक नियम सिकाउदै ट्राफिक प्रमुख : झबिन्द्र

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण स्कुल/कलेजका सवारी साधनका चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसर भित्र एक कार्यक्रमको आयोजना गरि सवारी दुर्घटना हुनका मुख्य कारणहरू न्युनिकरणका उपायहरू, सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरू, स्कुल/कलेजका बिद्यार्थिहरूलाई चढाउँदा /ओराल्दा ध्यान दिनु पर्ने

कुराहरू बिद्यार्थी तथा अभिभाबकहरूसंगको ब्यबहार तथा ट्राफिक नियम सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारका अनुसार ट्राफिक नियमहरु भनेको के हो, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडकमा दुर्घटनाहरु किन हुन्छ्न र यस्ता दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]