०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

नयाँ रणनीति बनाउन पूर्व आइजीपीको साथ खोज्दै सशस्त्र आईजिपी : अर्याल

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालयमा नयाँ गृहमन्त्री आएपछि सशस्त्र प्रहरी बलले अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृतहरुलाई बोलाएर आफ्नो धारणा र राय लिएको छ। सीमा सुरक्षा, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीलाई जनशक्ति र प्रविधि, हातहतियारलगायतका विषयमा उपेक्षा गरिएको सन्दर्भमा सशस्त्र प्रहरी बललाई बलियो र सशक्त बनाउन के के कस्तो रणनीति बनाउन सकिन्छ भनेर धारणा लिन उनीहरुलाई बोलाइएको हो। उनीहरुबाट आएको धारणालाई आधार बनाएर आगामी रणनीति बनाउन लागेको सशस्त्र प्रहरीले भने पुर्नमिलन कार्यक्रम मात्रै भएको भनेर टारेको छ। ‘२२ औं सशस्त्र प्रहरी दिवस सप्ताह अन्तर्गत पहिलो कार्यक्रमको रुपमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोकमा आयोजित अवकाश प्राप्त विशिष्ट सशस्त्र प्रहरी अधिकृत पुनर्मिलन कार्यक्रममा राखिएको हो’, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्दै थापाले भने।

कार्यक्रमको शुरुमै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन अग्रजहरुबाट सिक्दै यहाँसम्म आएको स्मरण गराउदै अवकाश प्राप्त अग्रजहरुको सल्लाह, सुझाव र मार्गदर्शनको आवश्यकता संगठनलाई परेको बताएका थिए। उनले संस्थागत, संरचनागत प्रयासहरु थालिएको र यसमा अवकाशप्राप्त विशिष्ट अधिकृतहरुको तर्फबाट सल्लाह सुझावको अपेक्षा समेत गरेका थिए।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले संगठनको उच्च तहमा पुगी अवकाश भएका सवै अधिकृतले अवकाश पछि पनि संगठन प्रतिको उत्तरदायित्व रहिरहने भएकोले क्षमता र अनुभवलाई आवश्यक परेको जुनसुकै वेला संगठनको हितमा लगाउन सकिने बताएका थिए। यसैगरी अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठले अवकाश प्राप्त कर्मचारीलाई रिजर्भ फोर्सको रुपमा लिनुपर्ने धारणा राखेका थिए। अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई थप उचाईमा पु¥याउन र यसको बृहद हितको लागि बहालवाला र अवकाश प्राप्त सवै कर्मचारीको उत्तिकै प्रयास हुनुपर्ने उल्लेख गर्नुहुँदै संगठनको गौरवमय ईतिहास र अस्तित्व कायम राख्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। संगठनलाई कमजोर हुन नदिन एकता नै बल हो भन्ने सोच्नु जरुरी रहेको बताएका थिए।

अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के।सी।ले अहिले मिशन छनौट निर्देशिका लगायत आन्तरिक रुपमा थुप्रै सुधारका काम भएको थाहा पाउँदा खुशी व्यक्त गरेका थिए। अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाले प्रविधिसंगै संगठनको विकास पनि हुँदै जाने भएकोले संगठनको कामकारवाहीमा प्रविधिको व्यापक प्रयोग गर्दै लैजानुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानीरिक्षक नारायणदत्त पौडेलले संगठनको भावी रणनीतिबारे बताएका थिए। सो कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनका पछिल्लो गतिविधि, मुख्य समस्या र भावि योजना प्रस्तुत गरेका थिए। उनले मेश सुधार योजनालाई गत असारदेखि प्रभावकारी बनाएकै कारण त्यस यता राशन सम्बन्धि गुनासो शून्यमा झरेको जानकारी दिएका थिए। एक जवान एक बेड कार्यक्रम अन्तर्गत हालसम्म करीव ३९ प्रतिशत कर्मचारीलाई बेड व्यवस्थापन भएको जानकारी गराइएको थियो। पछिल्लो गतिविधि अन्तर्गत नै देशका ६१ वटा युनिटमा शिसु स्याहार केन्द्र स्थापना भएको, जनशक्ति अनुसार शौचालय र स्नान घर व्यवस्थित गर्दै लगिएको, कमाण्ड पूर्वानुमान सूचि प्रकाशन गरिएको, बिएमआई लागू भएको, विदालाई बैज्ञानिक बनाउन ‘विदा व्यवस्थापन सफ्टवेयर’को निर्माण गरिएको, सीमा व्यवस्थापनका लागि कार्यविधि बनाई लागू गरिएको, सीमा ईलाकामा सूचना संकलनको लागि इन्टेलिजेन्स व्यूरो मार्फत तालिम प्राप्त कर्मचारी खटाईएको जानकारी दिइएको थियो।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु किशोर कुमार लामा, सिंह बहादुर श्रेष्ठ, दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल, अवकाश प्राप्त अतिरिक्त महानिरीक्षकहरु रोहित थापा, कृष्ण विष्ट, ठाकुरमोहन श्रेष्ठ, कृष्ण कुमार तामाङ्ग, प्रकाश ओझा, प्रेम कुमार शाही, खडानन्द चौधरी, सुबोध अधिकारी, राजेश श्रेष्ठ, जानकीराज भट्टराई लगायत उपस्थित थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!