१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

गृहमन्त्री को राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेका हुन्।

आइतबार बिहान साढे २ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव फेला परेको थियो।

घटनाको बारेमा बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ। उनीहरूको शव फेला परेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका थिए।

भारतको सितामढी जिल्ला बेला परिहारमा गाडिएको अवस्थामा फेला परेका थिए। गत पुस २७ गते नै भारतमा आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन भएको केही दिनपछि साहका परिवारले प्रहरीलाई खबर गरेको थियो। भारतीय प्रहरीसँग समन्वय गरी प्रहरीले अनुसन्धान गरिरहँदा उनीहरूको शव फेला परेको हो।

यसमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नेपाल र तीन जनालाई भारतबाट पक्राउ गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!