०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

प्रधानमन्त्री दाहाल २२औं सशस्त्र प्रहरी दिवसमा सन्ध्याकालिन विशेष समारोहमा सरिक

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार ‘२२औं सशस्त्र प्रहरी दिवस २०७९’को अवसरमा आयोजित सन्ध्याकालिन विशेष समारोहमा सरिक हुनुभएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रराज राईलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ समेत प्रदान गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल,
नेपालद्वारा प्रकाशित सचित्र पुस्तक “ARMED POLICE FORCE, NEPAL” को विमोचन समेत गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले विशेष समारोहमा सम्बोधनको क्रममा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बलबाट हुने उद्धारका कार्य, सामूहिक व्यायाम वा सांकृतिक कार्यक्रम मौलिक र सृजनशिल तारिकाबाट हुने बताउनुहुँदै राजनीतिक संक्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरी बल नेपालले मुख्यतय २०६४ सालको निर्वाचनमा खेलेको नेतृत्वदायी भुमिकाको साथै २०७०, २०७४ र २०७९ सालमा सम्पन्न आम निर्वाचनहरु शान्तिपूर्ण, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुले २०७२ सालको विनाशकारी भूकम्प लगायत विभिन्न समयमा भएका प्राकृतिक तथा मानवसृजित विपत्तीमा आफ्नो ज्यानको प्रवाह नगरी वीरताका साथ खटिएर जनताको जीवन रक्षाको लागि कर्तव्यनिष्ठ भएर जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्नुहुँदै सीमित साधनश्रोत र चुनौतीको विचमा पनि सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा राष्ट्रसेवकहरुको कृयाशिलता र सकारात्मक परिणामको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
सम्माननीय प्रधानमन्त्री दाहालले नेपालको सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल डेडिकेटेड फौजको रुपमा हिमालदेखि तराईसम्म कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता, सीमित पूर्वाधारका वावजुद परिचालित रहेको उल्लेख गर्नुहुँदै नेपालको सीमा सुरक्षाको लागि पूर्व, पश्चिम, उत्तर, दक्षिण सवैतिर परिचालन गर्न र त्यसका लागि आवश्यक साधनश्रोत, तालिम र प्रोत्साहनको व्यवस्था गर्न नेपाल सरकार प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल, नेपालले आफुलाई प्राप्त सवै प्रकारका भूमिकालाई उच्च साहास, इमान्दारी एवं व्यावसायीकताका साथ सम्पादन गरेको बताउनुहुँदै राजश्व संकलनमा पु¥याएको सहयोग र महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, आन्तरिक सुरक्षा, कानून कार्यान्वयन, देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्ने तथा जनताको जीउधनको सुरक्षामा पुर्याएको
योगदानको उच्च प्रशंसा गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका सामान, सवारी साधन र भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण र जनशक्तिको लागि नेपाल सरकारको तर्फबाट यथासम्भव पहल हुने बताउनुहुँदै संवैधानिक सर्वोच्चता र कानूनी शासनको मान्यतालाई आत्मसाथ गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा, जनताको जीउधनको सुरक्षा, समाजिक सद्भावको विकास र समय परिस्थिति अनुसार नेपाल सरकारबाट प्रदान गरिएको आदेश तथा निर्देशनहरुलाई पालन गरी अनुशासित, नैतिकवान, व्यावसायीक एवं कर्तव्यनिष्ठ भई सवै निकायहरुसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालन हुन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले मानव अधिकारको पूर्णपालना, भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्दै जनताको मनमस्तिष्क जित्ने गरी देश र जनताको सेवा र सुरक्षा प्रदान गर्ने कार्यमा संगठनको सफलताको कामना गर्नुहुँदै सूचना प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्र नभई अपराधहरुको चरित्रमा समेत बहुआयमिक फेरबदल भईरहेको
चर्चा गर्नुहुँदै वर्तमान विश्व परिवेशलाई मुल्यांकन गरी बदलिँदो सुरक्षा
चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोही अनुसार परिचालित हुन निर्देशन दिनुभयो ।
साथै उहाँले नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनैतिक लक्ष्यलाई सफल बनाउन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
सो समारोहका विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्वदेश तथा विदेशमा विभिन्न जिम्मेवारी र नियुक्तीमा रहि आफ्नो भूमिका निर्वाह गरिरहेका सशस्त्र प्रहरी कर्मचारीहरु ‘काँधमा जिम्मेवारी, लक्ष्यमा इमान्दारी र मस्तिष्कमा समझदारी’ राखेर कार्य गर्ने प्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
माननीय उपप्रधान एवं गृहमन्त्री लामिछानेले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निवृत्त जीवन सुखमय बनोस, अनुकुल र व्यावसायीक क्षमतालाई आगामी दिनमा पनि प्रयोग गरी समृद्ध नेपाल निर्माणको अभियानमा टेवा पुर्यावउन सकियोस् भन्ने शुभकामना व्यक्त गर्न

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!