१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

Logo
प्रकाशित शनिबार, माघ १४, २०७९

संखुवासभामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने २८ वर्षीय प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। उनले आफ्ना ७३ वर्षीय बुवा गोठे राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्दा उनका बुवा गम्भीर घाइते भएका थिए।

घाइते भएका उनको उपचारका लागि अस्पताल लैजानेक्रममा शनिबार बिहान बाटोमै मृत्यु भएको हो।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!