०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

राष्ट्रिय अनुसन्धानका २२ इन्सपेक्टर डिएसपीमा बढुवा को को परे

Logo
प्रकाशित मंगलबार, माघ १७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा २२ जना इन्सपेक्टर डिएसपीमा बढुवा भएका छन् । सोमबार बसेको बढुवा समितिको बैडकले बढुवाको निर्णय गरेको हो ।

विभागमा लामो समयदेखि बढुवा रोकिएको थियो । सोमबार बढुवा हुनेहरुमा अशोक पौडेल,मेघराज कंडेल, रुद्र गुमाछान, लोकराज जोशी, नारायण शर्मा मुडभरी, सविना राई, विष्णुहरी पण्डित, केशव सुवेदी, द्रोण बुढाथोकी, नित्यानन्द ढुंगाना लगायत अधिकृत छन् । बढुवामा २०७३ सालमा भर्ना भएका सूचीमा पर्दा २०७१ मै भर्ना भएकाहरु भने छुटेका छन् । बढुवामा बदनाम र कार्यक्षमतामा कमजोर पनि परेपछि इमान्दार अधिकृतहरु असन्तुष्ट बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!