०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

भारतबाट इन्धन बढेर आयो नयाँ मूल्य सूचीसहित घाटामा नेपाल आयल निगम

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९


(ABC-Sanchar) काठमाडौं । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

१५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई इन्धनको भाउ बढाएर पठाएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।

भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ ।

विगत ४ महिनासम्म निगम नाफामा रहँदै आएको थियो । विगतमा परेको घाटाका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ । त्यस्तै आईओसीलाई बुझाउनुपर्ने करिब ११ अर्ब रुपैयाँ बक्यौता छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!