०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

बाँकेमा समान तस्करी जारी नेपालगञ्ज भन्सारमा गत वर्षको तुलनामा राजस्व असुलीमा कमि ?

Logo
प्रकाशित सोमबार, माघ २३, २०७९


ABC (भन्डाफोर)
बाँके । नेपालगन्ज भन्सार कार्यालयले गत बर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को गत ६ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार जमुनाहनाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आवको गत छ महिनामा रु ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार घाटा भएको छ । तर यो घाटा गत वर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा रु नौ अर्ब २९ करोड ६८ लाख ७२ हजार कम भएको अधिकृत शर्माले बताए ।

निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा धेरै भएको हो । सो कार्यालयका अनुसार निकासी ज्यादै न्यून भए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्यून हुँदा व्यापार घाटा उच्च भएको हो ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार बराबरको सामग्री आयात भएकामा ९९ करोड ६३ लाख १० हजारको मात्र वस्तु निर्यात भएको छ । यसरी ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार व्यापार घाटा भएको छ ।

भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिमा सो नाकाबाट ४१ अर्ब ८४ करोड एक लाख ९९ हजारको वस्तु आयात भएकामा ९७ करोड तीन लाख चार हजारको सामग्री निर्यात भएको थियो ।

चालु आवमा चिनी, गहुँजस्ता वस्तुमा कोटा सिस्टम लागू गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नुलगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार कार्यालयले जनाएको छ ।

जमुनाहानाकाबाट पेट्रोलियम पदार्थ, शुद्ध फलाम, भटमासको पिना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्यास, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!