१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

एसपी कृष्ण प्रसाईँमाथि फेरि छानबिन सुरु

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

ABC (क्राईमबिट)                                                काठमाडौं । विवादै विवादमा पर्दै आएका एसपी कृष्ण प्रसाईँमाथि फेरि छानबिन सुरु भएको छ । महाराजगञ्जस्थित २ नम्बर गणमा अनियमितता र शोषण गरेको आरोपमा काठमाडौैं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रसाईँमाथि छानबिन थालेको हो । स्रोतका अनुसार गणकै प्रहरीबाट उजुरी आएपछि छानबिन समिति नै गठन गरिएको छ ।

छानबिन सुरु भएलगत्तै एसपी प्रसाई लुम्बिनी ट्राफिक इन्चार्जका रुपमा पठाइएपछि गणका प्रहरीले असन्तुष्टि जनाएका छन् । उनीमाथि यसपटक पनि कारबाही हुनेमा आशंका व्यक्त गरिएको छ ।

गत वर्ष सर्लाहीमा हुँदा पनि अनियमितताको आरोप लागेपछि तीन महिनौ उनको सरुवा भएको थियो । त्यसअघि बलात्कार जस्तो गम्भीर आरोप उनीमाथि लाग्यो, तर उनी जोगिदै आएका छन् । जोगिनेमात्र होइन पटक–पटक अवसर पनि पाउँदै आएका छन् ।

यसअघि लुम्बिनी ट्राफिकमा एसपी श्यामकृष्ण अधिकारीको सरुवा भएको थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई प्रभावमा पारेर इन्चार्जबाटै इन्चार्जमै सरुवा भएको थियो । त्यसलाई हाल संशोधन गरिएको छ ।

उता कार्यक्षमतामा कमजोर एसपी भरत बिकले बढुवा भएको ६ महिनामै रुपन्देही इन्चार्ज पाएका छन् । उनका ब्याचका काबिल अधिकृतहरु अझै डिएसपीमै छन् । तर, पहुँचका आधारमा बढुवा परेका उनले सुरुमै महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएकोमा प्रहरीले आश्चर्य व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!