१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

एसपी कृष्ण प्रसाईँमाथि फेरि छानबिन सुरु

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

ABC (क्राईमबिट)                                                काठमाडौं । विवादै विवादमा पर्दै आएका एसपी कृष्ण प्रसाईँमाथि फेरि छानबिन सुरु भएको छ । महाराजगञ्जस्थित २ नम्बर गणमा अनियमितता र शोषण गरेको आरोपमा काठमाडौैं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले प्रसाईँमाथि छानबिन थालेको हो । स्रोतका अनुसार गणकै प्रहरीबाट उजुरी आएपछि छानबिन समिति नै गठन गरिएको छ ।

छानबिन सुरु भएलगत्तै एसपी प्रसाई लुम्बिनी ट्राफिक इन्चार्जका रुपमा पठाइएपछि गणका प्रहरीले असन्तुष्टि जनाएका छन् । उनीमाथि यसपटक पनि कारबाही हुनेमा आशंका व्यक्त गरिएको छ ।

गत वर्ष सर्लाहीमा हुँदा पनि अनियमितताको आरोप लागेपछि तीन महिनौ उनको सरुवा भएको थियो । त्यसअघि बलात्कार जस्तो गम्भीर आरोप उनीमाथि लाग्यो, तर उनी जोगिदै आएका छन् । जोगिनेमात्र होइन पटक–पटक अवसर पनि पाउँदै आएका छन् ।

यसअघि लुम्बिनी ट्राफिकमा एसपी श्यामकृष्ण अधिकारीको सरुवा भएको थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई प्रभावमा पारेर इन्चार्जबाटै इन्चार्जमै सरुवा भएको थियो । त्यसलाई हाल संशोधन गरिएको छ ।

उता कार्यक्षमतामा कमजोर एसपी भरत बिकले बढुवा भएको ६ महिनामै रुपन्देही इन्चार्ज पाएका छन् । उनका ब्याचका काबिल अधिकृतहरु अझै डिएसपीमै छन् । तर, पहुँचका आधारमा बढुवा परेका उनले सुरुमै महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएकोमा प्रहरीले आश्चर्य व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!