२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

Logo
प्रकाशित शनिबार, माघ २८, २०७९

  ABC (क्राईमबिट)                                                   झापामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको विर्तामोड नगरपालिका ७ बाह्रघरे बस्ने ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो । श्रेष्ठको शौचालय जाने क्रममा जंगली हात्तीबाट सुरक्षाका लागि जडान गरिएको  विद्युतीय तारबाट प्रवाह भएको करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते भएका श्रेष्ठको  उपचारका क्रममा बिर्तासिटी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो। मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद […]

बाँके । नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् । इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । […]

  बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार […]

error: Content is protected !!