१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

बालाजु वृत्तका डीएसपी उपत्यका तानिए,

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०२, २०७९

ABC (क्राईमबिट)                                             बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौं महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका थिए।

त्यस क्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका घटना भएको थियो। आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी बिट जलाउनुका साथै प्रहरीको एउटा गाडीमा आगो लगाएका थिए र अर्को एउटा तोडफोड गरेका थिए। साथै बेलुकीपख मानिसहरूको भीडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेको थियो। व्यसायीहरूले कम्तीमा ८ कराेड रुपैयाँ बराबरकाे माेबाइल लुटिएकाे दाबी गरेका छन्।

त्यति ठूलाे घटना भइरहँदा पनि प्रहरीले उचित सुरक्षाा व्यवस्थापन गर्न नसकेकाे भन्दै प्रश्न उठेकाे थियाे।

यातायात मजदुरहरूले मंगलबारदेखि उपत्यकाभित्र सार्वजनिक यातायात बन्दकाे घाेषणासमेत गरेका थिए। बिहान सरकारसँगकाे वार्तापछि आन्दोलन फिर्ता गर्न उनीहरू सहमत भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!