
ABC (क्राईमबिट)
पर्सा । बिरगंजबाट पोखराको लागि बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रकहरु विरगञ्जबाट पोखरा तथा काठमाण्डौतर्फ लैजाँदै गरेको छ भन्ने सूचना प्राप्त पछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८०।०१।१८ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरहरूको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,०६,००,०००।-(एक करोड छ लाख ) बराबरको ट्रक र सो ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०१।१९ गते राजश्व अनुसन्धान कार्यालय बारा पथलैया बुझाइएको पर्सा प्रहरीले जनाएको छ।