२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

ओली प्रचण्ड देउवाबीचको साढे एक घण्टा छलफल सकियो

Logo
प्रकाशित बुधबार, बैशाख २७, २०८०

(ABC-Sanchar) काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल सकिएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेताहरूबीच झन्डै साढे एक घण्टा कुराकानी भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

आजको भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको लेखकले बताए ।

‘आजको भेटघाटको मूल विषय भनेको संसदभित्रकै विषयको हो। बजेटको तयारी भइरहेको छ। नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने कुरा छ, विनियोजन विधेयकका कुरा आज सकिन्छ। त्यसपछि संसद्को काम अघि बढ्छ,’ लेखकले भने,‘यिनै केन्द्रित भयौँ।’

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भए पनि यस विषयमा आज छलफल नभएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!