०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

लुम्बिनी प्रदेश धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री सहित ४ सदस्यीय मन्त्रिपरिषद्का सदस्य बिना विभागीय मन्त्री मास्कीलाई आज नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्रदान गरेका हुन् ।

वैशाख १५ मै मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीबाटमन्त्री बनेका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेको अझै जिम्मेवारी तोकिएको छैन । यसअघि १० वटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई तोकिएको थियो ।

बजेट बनाउने बेलामा अर्थ मन्त्रालय नेतृत्वविहीन हुँदा बजेट निर्माणमा समस्या हुने भएपछि एक मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको, बाँकी मन्त्रीको जिम्मेवारी र मन्त्रीमण्डल पनि अब केही दिनभित्र गरिने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले एक मन्त्रीको मात्रै जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस चार, माओवादी तीन र अन्य छ साना दललाई एक÷एक मन्त्रालय दिने तथा मन्त्रालय थप्नेसम्मको गृहकार्यमा सरकार छ ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले १५ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । सतासी सदस्यीय प्रदेश सभामा आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!