२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

नाम जोडिएको नक्कली टेप रेकर्ड माथि छानविनमा ढिलासुस्ती किन सांसद आरजु

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

(ABC-Sanchar) काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछेर तयार गरिएको ‘नक्कली अडियो टेप’को छानविनमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।

‘त्यो फेक टेपको चाडो भन्दा चाडो छानविन गर्न आग्रह गर्दछु’, उनले सोमबारको प्रतिनिधिसभा बैठकमा भनिन। सांसद आरजु नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन्।

सांसद आरजुले यो प्रकरणमा आफ्नो नाम जोडेर संचारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको समेत बताइन। ‘यस प्रकरणमा मेरो नाम जोडेर मेरो चरित्र हत्या गरिएको छ’, उनले भनिन।

सांसद आरजुले नक्कली टेप प्रकरणबारे छानविन गर्न केन्दि«य अनुसन्धान ब्यूरो (सिआइबी)लाई आग्रह गर्दै लेखेको निवेदन दर्ता गर्न समेत ३ घण्टा लागेको भन्दै गूनासो गरिन्। उनले आफू सत्तारुढ दलको ठूलो नेताको मान्छे हुँदा पनि निवेदन दर्ता गर्न धेरै समय लागेको बताएकी थिइन।

‘मेरो निवेदन दर्ता गर्न किन ३ घण्टा लाग्यो? आज निवेदन दर्ता भएको ६ दिन बितिसक्दा पनि नक्कली टेप प्रकरणबारे किन छानविन भइरहेको छैन्। म गृहमन्त्रालयबाट यसको जवाफ चाहन्छु’, उनले भनिन, ‘को दोषी हो को होइन यो प्रष्टका साथ आउनुपर्छ। सबैजना एउटै ब्रसले पेन्ट भएको हुन्न।’

सांसद आरजुले नक्कली भुटानी शरणार्थी काण्ड देशका लागि सबैभन्दा लज्जास्पद काण्ड भएको समेत उल्लेख गरिन। ‘यो कस्तो परिस्थिती होला त देशको । आफ्नो भएको नागरिकता त्यागेर विदेश जान खोज्नेहरु…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!