०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

भारतबाट पेट्रोलियम पदार्थको मूल्य डिजेल ८ पेट्रोल साढे ९ घटेर आयो

Logo
प्रकाशित मंगलबार, जेठ ०२, २०८०


(ABC-Sanchar)
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।

मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा पठाउने गरेको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता ठाकुले बताए । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए । हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!