२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

इप्रका भालुवाङ प्रहरीले देउखुरीबाट अवैध १५ गोलिया काठ सहितट्याक्टर चालक पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ ०३, २०८०

(बिदुर एमसी)
दाङ । भालुवाङ सोमवार राती ११ बजेको समयमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी हवल्दार बसन्त खड्काको कमाण्डमा खटिएको टोलीले राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा बस्ने वर्ष २४ का ट्याक्टर चालक शिवप्रसाद चौधरीलाई नियन्त्रणमा लिएको छ ।

देउकी सामुदायिक वनबाट पहरुवा तर्फ आउँदै गरेको लु ४ त ८८५१ नं. को ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा ट्याक्टरमा लोड गरी ल्याएको सिसौ जातको १५ गोलिया (अन्दाजी ४४क्युफिट बराबरको) काठ सहित ट्याक्टर र चालक चौधरीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई मंगलवार बन डिभिजन कार्यालय लमहीमा बुझाएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका चौधरी माथि वन डिभिजन कार्यालय लमही देउखुरीले अनुसन्धान सुरु गरेको डिभिजनल अधिकृत राजु क्षेत्रीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]