२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नामहरु प्रधानमन्त्री प्रचण्डलाई बुझाउने

Logo
प्रकाशित शुक्रबार, जेठ ०५, २०८०

(ABC-Sanchar)
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले आज आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीको नाम बुझाउने भएका छन् ।

वर्तमान सरकारमा दुईजना मन्त्री पाएको जसपाले शिक्षा मन्त्रीमा अशोक राइलाई पठाइसकेको छ भने अर्का एक मन्त्रीको नाम पठाउने तयारी गरेको हो । जसपाले शिक्षासहित वन मन्त्रालय पाएको थियो । वन मन्त्रीको नाम शुक्रबार बुझाइने जसपा निकट स्रोतले बताएको छ ।

बिहिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष यादवले आज या भोलीसम्म मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाउने जानकारी गराएका थिए । हिजो नाम नपठाएपछि उनले आज मन्त्रीको नाम पठाउने तयारी गरेको जसपाका एक सांसद्ले बताए ।

मन्त्रीको नाम पठाउने विषयमा छलफल गर्नका लागि अध्यक्ष यादवले संसदीय दलको बैठक बोलाएका थिए । बैठकमा सांसदहरुले मन्त्रालय र मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष यादवलाई दिएका थिए ।

यसअघि जसपाले संसदीय दलको नेता चयन भएपछि मात्र मन्त्री चयन गर्ने जानकारी दिएको थियो । संसदीय दलको नेता चयन नहुँदै अध्यक्ष यादवले मन्त्रीको नाम पठाउने तयारी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!