०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पर्साका एसपी कोमल शाहको नाममा ३ लाख ४० हजार असुली

Logo
प्रकाशित मंगलबार, जेठ ०९, २०८०

ABC (क्राईमबिट)
पर्सा । वीरगञ्जका एक व्यक्तिले आफैं पक्राउ गर्न लगाएर मुद्दा मिलाइदिने भन्दै आफैं पैसा असुलेको खुलेको छ ।
पर्साको पकाहामैनपुर १ धोरे का मनिष यादबले यस्तो दोहोरो भूमिका खेलेका हुन् ।

गत २६ बैशाखमा प्रहरीले वीरगञ्ज र बिन्ध्यवाशिनी गाउँपालिकाको बीचमा पर्ने तिलावे पुल ईलाकाबाट १२ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गराएका थिए । अवैध रकम भन्दै पक्राउ गराइएको थियो । पछि यादबले एसपीलाई चिनेकाले छुटाइदिने भन्दै पक्राउ परेका व्यक्तिको परिवारसँग तीन लाख ४० हजार रुपैयाँ लिएका थिए । तर, छुटाउन सकेनन् । अर्का फारुक मियाँसहित मनिष यतीबेला आफैं पक्राउ परेका छन् । पोखरियाका इन्सपेक्टरसँग समेत मिलेर उनले यसरी पैसा असुलेको स्रोत बताउँछ । पर्साका एसपी कोमल शाहलाई बुझाउने भन्दै उनले सो पैसा उठाएका थिए ।

अर्काेतर्फ प्रहरीले सार्वजनिक अपराध मुद्दा मात्र अगाडी बढाएपछि यसमा प्रहरीकै मिलेमतोको आशंका बलियो भएको छ । यादब पहिलेदेखि नै बिचौलिया धन्दामा संलग्न छन् । दृष्टि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

error: Content is protected !!