
ABC (क्राईमबिट)
पर्सा । बिरगंज महानगरपालिकाले आर्थिक ऐन २०७९ काे दफा ६ अनुसुचि-५ बमोजिमको महानगरपालिका छेत्रभित्र जडिबुटी ,बनकस,कबाडी ,खाेटाे,र प्रचलित कानुनले निशेध गरेको जिवजन्तु बाहेकका अन्य मृत वा मारिएका जिवजनतुकाे हाड,प्वाँख ,छाला जस्ता बस्तुको ब्याब्सायिक उपयोग ऐवम काराेबार गरे बापतकाे कर र साहि ऐनकाे दफा-१३अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका छेत्रभित्र सिमेन्ट उत्पादन गरि बिक्रीवितरण गर्ने उध्योग बाट उत्पादित सिमेन्टको बिक्रिमा शुल्क सनकल्न गर्ने तपशिल बमोजिमको दर रेट र स्थानहरुबाट महानगरले राखेको देहाय बमोजिमको शर्त र महानगरको कार्यबिधी को अधिन्मा रहि मेदान्त कन्स्ट्रक्सन प्रा.लि.ले समझौता गरि ठेक्का लिएका मेदान्त कन्स्ट्रक्सन प्रा.लि. का संचालक सनजय कुमार गुप्ताले महानगरको नियम बिपरित ठेक्का लिए देखि हालसम्म भारतीय गाडिहरु शीत धमकाएर हालसम्म करोडौं रुपैयाँ वसुली गरेका छन।
मेदान्त कन्स्ट्रक्सन प्रा.लि.का संचालक पैसा र पहुँचको बलमा गुन्डागर्दी गर्दै भारतीय गाडिहरु शीत लाेड र खालि गााडिमा जबर्जस्ती नेपाली रुपैयाँ ३२०/- वसुली गरि रसिदमा रु.२००/- मात्र उल्लेख गर्ने गरेको हुन्छ भने रसिदमा मालबस्तुको बिवरन उल्लेख गर्दैनन् ।
जनगुनासो आएपछि सन्चार्कर्मी ले सत्यतथ्य बुझेर महानगरलाई प्रमान सहित पेश गर्दा महानगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत लछ्मी प्रसाद पौडेल ले जानकारी दिएका थिए आफुले पनि यस्तो क्रियाकलाप भएको सुन्नमा आएको हो तर हाल सम्म कुनै प्रमाण फेलानपरेको हुन्दा महानगरले कुनै किसिमको कार्वाहीको प्रक्रिया अगाडि नबढाएकाे तर हाल प्रमाणसहित प्राप्त भएकोले ठेकदार लाई पत्रकाटि पत्रमा उल्लेख गरेका थिए ।उप्युक्त समबन्ध्मा तपाईंले यश कार्यालयको तर्फबाट आ.व.२०७९/०८०को लागि जडिबुटी ,कबाडी ,जिवजन्तु ,कर शुल्क आदि महानगरपालिका छेत्रभित्र उत्पादित मिति २०७९/०८० को लागि जडिबुटी ,कबाडी र जिवजन्तु कर ठेक्कामा लिई कर शुल्क आदि सनकलन गर्दै आउनु भएकोमा महानगरपालिका र तपाई बिच मिति २०७९/०५/३१ गते भएको समझौताको बर्खिलाफ गाई अनाधिकृत रूपमा खाली रहेका साधन हरु बाट समेत कर, शुल्क संकलन गर्दै आएको प्रमाण समेत प्राप्त हुन आएकोले अबिलमब त्यस प्रकारका कार्येहरु बन्दगरी संकलन गरिएको रकम जरिवाना सहित समबन्धित सवारी चालकलाई फिर्तागरि सो को ३ दिनभित्र लिखित जानकारी सहित यस कार्यालयमा उपस्थित हुन जान्कारी गराइन्छ ।
अन्य्था प्रचलित कानुन बमोजिम तपाईंले सन्चालन गर्दै आएको ठेक्का बदर गरि बाकी बक्यौता वसुल उपर गरिने बयहोरा समेत यसै पत्रबाट जानकारी गराईन्छ।
तर मेदान्त कन्स्ट्रक्सनलाई महानगरपलिका को नियमकानुन को धज्जि उराउदै हाल्सम्म पनि भारतीय गाडीहरू शीत दैनिकी लाखौंको वसुली गर्दै स्थानीय सरकार देखि प्रदेश सरकार र प्रहरी प्रसारण लाई समेत चुनौती दिईरहेको छ भने श्रोतको अनुसार यस्तो किसिमको काम बिना मिलोमतोमा हुन्दैन ?