०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

आईजिपी सचिवालयले भन्यो आईजीपी कुँवरबारेको समाचार भ्रामक र नियोजित हो

Logo
प्रकाशित बुधबार, जेठ १०, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका शंकास्पद रहेकोबारे सञ्चारमाध्यममा आएका समाचारको प्रहरीले खण्डन गरेको छ।

बुधबार एक विज्ञप्ति जारी प्रहरी प्रधान कार्यालयले ती समाचार भ्रामक र नियोजित रहेको बताएको हो।

‘नागरिकलाई सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने दायित्व भएको सञ्चारमाध्यमले अनुसन्धान जस्तो जटिल, संवेदनशील र विशुद्ध प्राविधिक विषयका सीमितता, विशिष्टता एवं संवेदनशिलतालाई समेत मध्यनजर गरेर समाचार सम्प्रेषण गरिनुपर्ने हो,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः कुनै तथ्य, प्रमाणबिना अनुमानका आधारमा कपोकल्पित र सतही रूपमा आएको उक्त भ्रामक र नियोजित समाचारले प्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरी संगठनको विश्सनीयता र छविमाथि गम्भीर आँच पुगेको हुँदा नेपाल प्रहरी उक्त समाचारको खण्डन गर्दछ।’

कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको पनि विज्ञप्तिमा उल्लेख छ।

‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ।

समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने भन्दै प्रहरीले खेद प्रकट गरेको छ।

नेपाल प्रहरी संविधान, कानून र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध रहेको पनि बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘अपराधी जोसुकै होस्, उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुबैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाणविना महानिरीक्षकलाई विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ।’

नक्कली शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा भएको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!