०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

सेवाग्राहीसँग घुस मागेको आरोपमा ३ जना प्रहरी निलम्बनमा

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत वरिष्ठ नायब निरीक्षकसहित तीनजनालाई छानबिनका लागि प्रहरीले निलम्बन गरेको छ।

वरिष्ठ नायब निरीक्षक वसन्त भट्टराई र प्रहरी नायब निरीक्षक जगदीश ठाकुरलाई मङ्गलवार प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो। जवान महेश महतोलाई भने जिप्रका पर्साले सोमबार नै निलम्बन गरेको थियो।

चेक बाउन्स (बैंकिङ कसुर)सम्बन्धी मुद्दाका जाहेरकर्ताले प्रतिवादी पक्राउका लागि इप्रका पोखियालाई पत्राचार गरिदिन आग्रह गर्दा मुद्दा शाखाका उनीहरूले एक लाख घुस मागेका हुन्।

पत्र लेखेपछि पैसा दिन्छु भनेकोमा प्रहरी अधिकारीले पैसा नदिई पत्र नलेख्ने अडान लिएको पीडितले बताएका छन्।

पैसा मागेको अडियोसहित पीडितले उजुरी गरेपछि छानबिन सुरु भएको हो। उजुरी परेको दोस्रो दिन नै तीनै प्रहरीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि समाजको समृद्धि केवल पूर्वाधार निर्माण, भवन र सडक विस्तारले मात्र सम्भव हुँदैन। समाजलाई सही दिशा दिन सक्ने, जनताको भावना बुझ्ने, विकासलाई व्यवहारमा उतार्न सक्ने र हरेक वर्गको आवाज सुन्न सक्ने नेतृत्व आवश्यक हुन्छ। आजको समाजमा यस्ता नेतृत्वको खाँचो झन् बढ्दो छ। यस्तै समयमा सकारात्मक सोचका धनी, अति मिलनसार, दूरदर्शी तथा समाज […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको *सिभिल टोली*ले राप्ती सोनारी–४, बैजापुरबाट अवैध रूपमा ल्याइएको सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ। *बरामद विवरण:* 1. *४ वटा मोटरसाइकल* – अवैध रूपमा ओसारपसारमा प्रयोग भएको आशंका 2. *७ क्विन्टल पेरेण्ट्स कुखुरा* – भन्सार छली गरी ल्याइएको अनुमान 3. *२ जना मानिस* – नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बरामद […]

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

error: Content is protected !!