०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

मेडिकलहरुमा पाइने हामीले खाने औषधि कतिको सुरक्षित छ अनुगमन कसले गर्ने ??

Logo
प्रकाशित बिहिबार, जेठ ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । भारत सरकले देशमा उत्पादन भएका रोकीको औषधी कफ सिरप अन्य देशमा नियर्नत गर्न प्रतिबन्ध लगाएको छ ।

सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र कफ सिरप अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ।
गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि भारतका ४ वटा कफ सिरप बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको भन्दै विश्वव्यापी चेतावनी दिएको छ।

केही नमुनाहरूको प्रयोगशाला विश्लेषणले तिनमा उल्लेख्य मात्रामा विषाक्त पदार्थहरू रहेको पुष्टि गरेको थियो । यद्यपि त्यहाँको वाणिज्य मन्त्रालयको उक्त निर्णयले नेपालको हकमा कुनै असर नपार्ने अधिकारीहरूले बताएका छन् ।

अहिले नेपालमा प्रयोग हुने अधिकांश कफ सिरप स्वदेशमै उत्पादन हुने र ती सबैले सुरक्षा तथा गुणस्तर मापदण्ड पूरा गरेको नेपालको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन्।

‘हामीलाई आवश्यक कफ सिरप देशकै उत्पादनले धान्छ । त्यसमाथि यहाँ भारतको कफ सिरप निकै कम मात्रै आउने भएकाले निर्यात रोकिनुले कुनै असर गर्दैन,’ उनले जानकारी दिए । केसीका अनुसार नेपालमा भारतबाट भित्रिने ५१ देखि ५२ प्रतिशत औषधिहरूमध्ये सीमित कम्पनीका कफ सिरप छन् । ती कति छन् भन्नेबारे विभागसँग स्पष्ट तथ्याङ्क छैन। तर नेपाल औषधि उत्पादक सङ्घका अनुसार नेपाली बजारमा ४० प्रतिशत कफ सिरप भारतबाट आउँछ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी केसीले नेपालमा हालसम्म खोकी रोक्ने झोल औषधिका कारण कुनै समस्या नदेखिएका भए पनि डब्ल्यूएचओले चेतावनी दिएका कारण सजगता अपनाइएको बताए।

‘हामीले कतै हाम्रो बजारमा पनि ती औषधि उपलब्ध छन् कि भनेर जाँच गरेका थियौँ। तर चेतावनी दिइएकामध्ये कुनै पनि ब्रान्ड नेपालमा दर्ता भएको पाएनौँ,’ उनले भने।

केसीका अनुसार त्यस्ता औषधि बनाउने कच्चा पदार्थ भारतबाटै आउने भएकाले नेपालका औषधि उत्पादकहरूलाई गुणस्तर सुनिश्चित गर्न समेत निर्देशन दिइएको उनको दाबी छ।

‘औषधिमा प्रयोग हुने तत्त्वहरूमा मिसावट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर त्यस्तो निर्देशन दिइएको हो। नेपालमा त्यति बेलै उत्पादन भएका औषधिहरूमा पनि डाईएथलीन ग्लाइकोल प्रयोग भएको पाइएको थिएन,’ केसीले भने।

कतिपय अवस्थामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्शन)बिन‍ै कफ सिरपको बिक्री वितरण हुनु बालबालिकाको लागि जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्।

यद्यपि त्यस्तो कार्य नियन्त्रणका लागि औषधि व्यवस्था विभागले औषधिहरूलाई क, ख र ग वर्गका वर्गीकृत गरेको छ । वर्गका आधारमा ग वर्गका औषधिहरूलाई मात्र फार्मेसीले अनुभवको आधारमा उपभोक्तालाई दिन मिल्छ। क र ख वर्गका औषधि त्यसो गर्न मिल्दैन।
अहिले नेपालमा करिब ३५ वटा कम्पनीहरूले कफ सिरप उत्पादन गर्ने नेपाल औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बरालले बताए । ती सबै कम्पनीहरूले छ महिनासम्म दैनिक आठदेखि १० घण्टा खोकीको झोल औषधि उत्पादन गर्ने हो भने त्यसले आगामी दुई वर्षसम्म पुग्ने उनको भनाइ छ ।

ती औषधि व्यवस्था विभागको नियम र मापदण्डअनुरूप भएकाले सुरक्षित रहेको उनको मत छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!