०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पत्रकारको मोबाइलले आइजिपी बसन्तबहादुर कुँवरलाई तनाव ?

Logo
प्रकाशित शुक्रबार, जेठ १२, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नागरिकबाट प्रशंसा कमाइरहेका बेला संगठनको नेतृत्वकर्ता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भने यतीबेला तनावमा छन् ।

विगतमा पक्राउ परेका अभियुक्तलाई छाडेको र अहिले पनि बालकृष्ण खाणलाई जोगाउने प्रयास गरेको आरोप उनीमाथि छ । यो विषयमा उनीमाथि पनि छानबिनको माग उठिरहेको छ । यद्यपी उनले यसको खण्डन गरेका छन् ।

कुँवर यहीबेला अर्काे तनावमा पनि छन् । कुँवर निकट मानिने आफुलाई पत्रकार भनेर चिनाउने मदनबाबु भण्डारी पनि यतीबेला प्रहरी हिरासतमा छन् ।

आइजिपी कुँवरसँगै गुल्मी र अर्घाखाँची फर्कदा उनी पक्राउ परेका थिए । उनीमाथि प्रहरीकै कागजपत्र समेत कीर्ते गरेको आरोप लागेको छ ।

बानेश्वर वृत्तले उनलाई मुद्दा चलाउने तयारी गरिरहेको छ । आइजिपीलाई समेत थाहा नदिई काठमाडौं परिसरको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारीको मोबाइल परीक्षणमा पठाइएको छ । उनको मोबाइलबाट आइजिपी सँगकै निकटस्थ सम्बन्ध देखिने प्रमाण भेटिने जोखिम छ । जसकारण आइजिपी कुँवर अर्काे तनावमा छन् ।

पत्रकारको आवरणमा दलाली गर्ने आरोप लागेका भण्डारीसँग आइजिपीको अस्वभाविक सम्बन्धको प्रमाण बाहिर आउने भएपछि कुँवर अर्काे तनावमा परेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । भण्डारीको मोबाइलबाट कुँवर मात्र होइन अन्य धेरै प्रहरी अधिकृतसँग भण्डारीका लेनदेनका कुरा आउने सम्भावना छ ।दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!