०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

अख्तियारले वडाअध्यक्ष र सचिवलाई घुस रकमसहित पक्राउ विशेष अदालतमा मुद्दा दर्ता

Logo
प्रकाशित शनिबार, जेठ १३, २०८०

ABC (क्राईमबिट)

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिरहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका ११को वडा अध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गत चैत ८ गते उनीहरुलाई अख्तियारले स्टिङ्ग अप्रेशन गरी जनकपुरधामको रोहन होटलबाट पक्राउ गरेका थिए ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको क्रममा दुबैजनाले घुस लिएको पुष्टि भएकाेले शुक्रबार अदालतमा आरोपपत्र दायर गरिएको थियोे । मुद्दा दायर भएपछि वडाध्यक्ष निलम्बन भएको छ । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग उनले घुस रकम माग गरेका थिए । त्यसपछि सेवाग्रहीको उजुरी निवेदनका आधारमा बर्दिवास कार्यालयबाट खटेको टोलीले दुबैजनालाई सेवाग्राहीबाट ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरु अर्जुन कुमार चौधरी र माधव कुमार रायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजहरुलाई बिगो पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिइ शुक्रबार बिशेष अदालत, काठमाडुमा आरोपपत्र दायर गरिएको छ,’अख्तियारले सार्वजनिक गरेको विज्ञप्तिमा लेखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!