०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

एमालेले संसदहरुले प्रतिनिधिसभा बैठक आज पनि चल्न नदिने तयारी

Logo
प्रकाशित शनिबार, जेठ १३, २०८०


(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक चलन नदिने तयारी गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्दैछ । तर, पशुपतिको जलहरीबारे स्पष्ट कुरा सरकारले सदनलाई जानकारी नगराए आज पनि संसद चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए ।

शुक्रबार बसेको बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसपछि एमालेका सांसदले त्यसको जवाफ माग्दै संसद अवरुद्ध पारेका थिए ।

एमालेको अवरोधपछि २० मिनेटका लागि बैठक स्थगित गरेर छलफल गरिएको थियो । तर, अबेरसम्म पनि सहमति जुट्न नसकेपछि बैठक आजका लागि सारिएको थियो । नेता गिरीले सत्ता पक्षका सांसदले कपोकल्पित र तथ्यहीन र पूर्वाग्रही ढंगले आरोप लगाएको भन्दै गल्ती स्वीकारेर सत्तापक्षले माफी नमागेसम्म संसद चल्न नदिने बताए ।

उनले भने, ‘सत्तापक्षका सांसदले लगाएको आरोप प्रमाणित गर्नुपर्छ । त्यो कुरामा सरकार जुन ढगले आउँछ, आजको संसद त्यही अनुसारले चल्छ । तथ्यहिन आरोप लगाएर उहाँहरु पन्छन सक्नुहुन्न । जुनजुन विषय आएका छन् ती विषयको निरोपण नभएसम्म बैठक अगाडि बढ्न सक्दैन ।

एमाले बजेट ढिला हुनुहुन्न भन्ने पक्षमा नै रहेको तर पशुपतिको जलहरी सुन हो कि पित्तल पहिले टुंगो लगाउनुपर्ने उनको भनाइ छ । आज सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बैठकको कार्यसूची छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेका कारण प्रधानमन्त्रीले सदनमा जवाफ दिन पाएका थिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!